• background
  • background
  • background
  • background
  • background

Capital Structure

Authorized Capital NRs. 2,200,000,000/-
Issued Capital NRs. 2,100,350,000/-
Paid-Up Capital NRs. 1,134,189,000/-

Recent News

यूनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने

यूनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई सार्वजनिक शेयर निष्कासन गर्नको लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग यही माघ ७, २०७४ मा सम्झौता गरेको छ । यो सार्वजनिक शेयर निष्कासनका लागि सिद्घार्थ क्यापिटल लिमिटेड निष्कासन तथा विक्री प्रबन्धक रहने छ । यस अन्तर्गत रु. १००।– का दरले ९६,६१,६१०(छ्यानब्बे लाख एकसठ्ठी हजार छ सय दश) कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । जसमध्ये प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१,००,३५० (एक्काईस लाख तीन सय पचास) कित्ता शेयर निष्कासन गर्ने छ । यसैगरी दोस्रो चरणमा ७५,६१,३६० (पचहत्तर लाख एकसठ्ठी हजार तीन सय साठ्ठी) कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने छ ।

विशेष साधारण सभा सम्पन्न

यूनिभर्सल पावर कम्पनी लिमिटेडको विशेष साधारण सभा माघ ११, २०७४ मा अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको छ ।

प्रबन्धपत्र तथा नियमावली

माघ ११, २०७४ मा हुन लागिरहेको विशेष साधारण सभामा प्रस्तावित संशोधन सहितको एकिकृत प्रबन्धपत्र तथा नियमावली

View Notice

Special General Meeting(Magh 11, 2074)

Special General Meeting Notice of Universal Power Company Limited.

View Notice

सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको बारे

यूनिभर्सल पावर कम्पनी लिमिटेडले सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २४.२२ मे.वा. क्षमताको माथिल्लो इङ्खु जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र मंसीर २५, २०७४ मा र मनाङ्ग जिल्लामा अवस्थित नार खोलामा ३१.७७ मे.वा. क्षमताको माथिल्लो नार जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र मंसीर १४, २०७४ मा प्राप्त गरेको छ ।

Scroll To Top