यूनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई सार्वजनिक शेयर निष्कासन गर्नको लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग यही माघ ७, २०७४ मा सम्झौता गरेको छ । यो सार्वजनिक शेयर निष्कासनका लागि सिद्घार्थ क्यापिटल लिमिटेड निष्कासन तथा विक्री प्रबन्धक रहने छ । यस अन्तर्गत रु. १००।– का दरले ९६,६१,६१०(छ्यानब्बे लाख एकसठ्ठी हजार छ सय दश) कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । जसमध्ये प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१,००,३५० (एक्काईस लाख तीन सय पचास) कित्ता शेयर निष्कासन गर्ने छ । यसैगरी दोस्रो चरणमा ७५,६१,३६० (पचहत्तर लाख एकसठ्ठी हजार तीन सय साठ्ठी) कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने छ ।